दक्षिणकाली नगरपालिकामा ईसिडीसम्बन्धि चार दिने तालिम सम्पन्न

काठमाण्डु – दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेको बताएका छन् । शनिबार बाल सुधार आधारभुत विद्यालयमा सम्पन्न प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर बस्नेतले बजेटको सिमितताको बाबजुत पनि नगरपालिकाले नीति तथा कार्यक्रममा यस क्षेत्रको समग्र शैक्षिक सुधारका विषय…