भूकम्प परी मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाण्डु – गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १५७ पुगेको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको छ । भूकम्पका कारण १६६ जना घाइते भएका जनाइएको छ । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् ।…