जिल्लामै छैन स्नातक तहको पढाइ

मनाङ - हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् । “जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भएर माथिल्लो तहको पढाइ पूरा गर्न नसकिने रहेछ, विकट जिल्लामा जन्मिएपछि पनि इच्छा पूरा नै…