काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार आएको छ । थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्य अवस्थामा सुधार आएको उनको पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक…