काठमाण्डु – उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका–१७ नघल रहेको पसलले खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘प्राप्त सूचनाका आधारमा अनुगमन भएको हो…