नेपाली समाज होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ : राष्ट्रपति भण्डारी

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। ‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू…