काठमाण्डु- भरतपुर महानगरपालिका-१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेको हो। भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा…