चौतर्फी आलोचनापछि बालेनले भने- आफ्नै तलबले यम बुद्धको सालिक बनाउँछु

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने बताएका छन् । काठमाण्डु महानगरपालिकाले र्‍यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको छ । चौतर्फी विराध भएपछि मेयर बालेन शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन् । शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु…