पोखरा - पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङस्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठुलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौँ,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ ।…