काठमाण्डु - व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–१० घर भइ हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नित्रिवेणी–८ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने २९ वर्षीय टेक…