जनप्रतिनिधिले नै रोपे हिलाम्मे सडकमा कोदो

गोरखा – गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै जनप्रतिनिधिसहितका स्थानीयवासीले हिलो सडकमै कोदो रोपेका हुन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ । गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिएका छन् । ढुङ्गागाडे मोडमा वर्षौँदेखि…