काठमाण्डु - ऐतिहासिक धरहरा पुनर्निर्माणको काम रोकिएको छ । धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन् । काठमाडौं महानगरपालिका–२२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्त्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी निर्माण कम्पनीले…