काठमाण्डु- राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्क प्रस्थान गरेको छ । संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उनीहरु त्यसतर्फ गएका हुन् । टोलीमा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का…