भैरहवा - रुपन्देहीका नवनिर्वाचित ८ पालिकाका जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । रुपन्देहीको सिद्धार्थनगर सहित देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतिया र कञ्चन गाउँपालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश धनसिंह महराले पद तथा गोपनीयताको शपथ दिलाउँदै…