काठमाण्डु – नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । आज बिहान इलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट बास्तोलासहितलाई पक्राउ गरेकाे हो । भालुबाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले निर्वाचन बहिस्कार गर्ने उक्त पार्टीको नीति भएकोले सोधपुछका लागि नियन्त्रणमा लिएको बताए । ‘नयाँ पार्टी…