माधव पक्षका सांसदको अडान : देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता हुँदैन

काठमाण्डु – नेकपा एमालेका नेता माधव नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरेका छन् । पार्टी एकताका लागि सोमबार साँझभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओलीले निर्देशन दिएपछि नेता नेपालले आफुपक्षीय सांसदहरुसँग भर्चुअल छलफल गरेका हुन् । माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए…