काठमाण्डु- मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा मुम्बई जाने तयारीमा रहेका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । उनीहरू श्रीमान्-श्रीमती रहेकाे खुलेकाे छ । सीआईबीका अनुसार कैलाली प्रहरीले ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना पठाएको थियो…