चन्द्रपुर नगरपालिका : एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले स्थानीय तहको निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको हो । स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुने भएको छ ।