आज देशभर रामनवमी पर्व मनाइँदै

काठमाण्डु - चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन हाे । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ। त्रेतायुगमा आजकै दिन भारतको…