ललिता निवास जग्गा प्रकरणः भाटभटेनीका सञ्चालकसहित ४९ जनाविरुद्ध २१ दिने सूचना जारी

काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरिएको छ । आइतबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डुले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने ४९ जना जग्गा धनीविरुद्ध २१ दिने सूचना जारी गरेको हो । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ४९ जनाको घरमा सूचना बुझाउन जाँदा…