काठमाण्डु- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिमा पाँच बुँदे फरक मत राखेका छन् । उनले सभापति शेरबहादुर देउवालाई लेखेको पत्रमा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाएका छन् । उनले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको…