काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको जिम्मेवारी फेरिएको छ । डा. गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको छ । डा. गौतमले मंगलबारदेखि जिम्मेवारी सम्हाल्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. समिरकुमार अधिकारीले पाएका छन् ।