द्धन्द्धपीडित भन्छन्: चुनावले पुरानो घाउलाई बल्झाउँछ

काठमाण्डु- बागलुङ जैमिनी–१० का बिमल केसीले छोरा गणेश केसीको खोजतलास तथा न्यायका लागि अड्डा, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष भयो । सशस्त्रद्वन्द्वका बेला २०५८ साल मङ्सिर १२ गते नेपाली सेनाले १३ वर्षीय गणेशलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको थियो । सबैतिर हारगुहार गरे पनि केसीले अहिलेसम्म न्याय पाएका छैनन् । जब निर्वाचन आउँछ तब…