प्रधानन्यायाधीश जबराविरुद्ध छानबिनकाे माग गर्दै दायर रिट सर्वोच्चद्वारा दरपीठ

काठमाण्डु - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग माग गर्दै दायर भएको रिट सर्वोच्चले दरपीठ गरिदिएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता माधवकुमार बस्नेतसमेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाई पेस गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले आइतबार दरपीठ गरिदिएका हुन् । अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै ती आरोपहरुमाथि छानबिन गरी आवश्यक कारबाही…