काठमाण्डु - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को…