एमाले जनसभाको प्रचार–प्रसारमा सांस्कृतिक र्‍याली

खोटाङ आगामी १९ चैतमा खोटाङको दिक्तेलबजारमा हुने एमालेको जनसभाको प्रचार–प्रसारमा सांस्कृतिक र्‍याली निकालिएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभाको प्रचार–प्रसारमा राष्ट्रिय सांस्कृतिक महासंघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले एमाले नेताको सहभागितामा बुधबार दिक्तेलबजारमा संयुक्त सांस्कृतिक र्‍याली निकालेको हो । पुष्पलाल स्मृति भवनबाट सुरु गरिएको सांस्कृतिक र्‍याली भवनगैरा, त्रिवेणीचोक…