काठमाण्डुमा १५ दिन निषेधाज्ञा थपियो

काठमाण्डु – काठमाण्डुमा थप १५ दिन निषेधाज्ञा लगाउने निर्णय भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाण्डुको बैठकले १५ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।