काठमाण्डु – नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकहरुसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहनेका लागि चिकित्सकहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ । कोरोना महामारी फैलिएको र आयुर्वेदप्रति नागरिकको चासो बढेकाले चिकित्सकहरुसंग परामर्श लिन सहज बनाउन नम्बर सार्बजनिक गरिएको हो । यस्तै समाजले संचालन गरेको वेबसाइट http://covid19.namss.org.np/ मा गएर पनि जानकारी लिन सकिने बताइएको छ…