मंगलबार १९४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६३९४ जनामा परीक्षण गर्दा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर ३४८ जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ८७५…