महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो

बाजुरा - जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ । शुक्रबार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा…