पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनु पर्ने बताएकी छन्। विश्व पानी दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो। प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए। वर्तमान अवस्थामा आइपुग्दा जीवनको…