काठमाण्डु- एमाले परित्याग गरेका घनश्याम भुसाल र योगेन्द्र शाहीले गठबन्धनको साथ पाएका छन् । भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिने र सत्ता गठबन्धनले उनलाई समर्थन गर्ने सहमति भएको हो । भुसालले शनिवार एमाले परित्याग गरेका थिए । रुपन्देहीमा माओवादीको तर्फबाट अर्को उम्मेदवार उठाइएको छैन्…