टिपरले ठक्कर दिएर दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्र तनावग्रस्त

काठमाण्डु – टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्र तनावग्रस्त भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बुधबार बिहान बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको मृत्यु भएको थियो । उनीहरूका बुबा रोहन घिसिङ घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ…