उर्जामन्त्रालयका सचिव घिमिरेसहित चार सचिवको सरुवा

काठमाण्डु– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश घिमिरेको सरुवा भएको छ । घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्र पठाइएको छ भने सर्तकता केन्द्रमा रहेका सचिव देवेन्द्र कार्कीलाई उर्जा मन्त्रालयमा ल्याइएको छ । घिमिरे सचिवमा बढुवा भएदेखी नै उर्जा मन्त्रालयको सचिवका रुपमा दुई वर्षदेखी कार्यरत थिए भने कार्की यसअघि भौतिक मन्त्रालयको सचिव थिए । दुवै जना प्राविधिक पृष्ठभुमिबाट…