काठमाण्डु – काठमाण्डुमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाण्डुस्थित तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ । विभागले ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरेको जनाएको छ ।…