यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम (सूचीसहित)

काठमाण्डु - देशका केही साना नदी तथा खोलामा सोमबार पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । धादिङ, नुवाकोट र लमजुङमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।…