बाढीपहिरोको उच्च जोखिममा तनहुँ, जिल्लाको सबै स्थानीय तहमा हेलिप्याड

कृष्ण न्यौपाने दमौली – यस वर्षकोे बाढीपहिरोका कारण तनहुँमा १४ जनाले ज्यान गुमाए । गत असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिराका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाए । बाढीपहिराका कारण जिल्लाका दशवटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुग्यो । त्यसमध्ये २४७ घर भत्किएर…