काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागीता रहेको जानकारी दिएको छ । खोप अभियान सुरू भएको तीन दिनमा ७७ वटै जिल्लाका एक सय ९६ खोप केन्द्रमार्फत् ४६ हजार १९७ जना फ्रन्टलाइनरले कोभिड खोप लगाएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशबाट १५ हजार छ सय ४१ जनाले खोप लगाएको मन्त्रालयका…