स्वस्थानी व्रतकथा बिहीबारदेखि, शालीनदी मेलामा नयाँ नियम

काठमाण्डु – पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।…