सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

राजिवराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चाेकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने…