संसद विघटनको मुद्दाः बृहत पूर्ण इजलास गठन गर्न वरिष्ठ अधिवक्ताको माग, प्रधानन्यायाधीशको यस्तो जवाफ

काठमाण्डु – वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने माग गरेका छन् । संसद विघटनविरुद्ध परेको रिटबारे सुरु भएको सुनुवाईकाक्रममा बोल्दै श्रेष्ठले सबै रिटहरुमाथिको सुनुवाईका लागि सर्वोच्च अदालतमा बृहत पूर्ण इजलास हुनुपर्ने बताएका हुन् । प्रधानन्यायाधीशसहित सर्वोच्चका सबै न्यायायाधीशहरु रहेको बृहत पूर्ण इजलास हुन्छ । प्रतिनिधिसभा विघटन गम्भीर संवैधानिक प्रश्न…