काठमाण्डु - कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छन् । मन्त्रालय अन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरुको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी…