स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै

काठमाण्डु – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आवश्यक निर्णय लिन काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोही बमोजिम उपत्यकाका…