काठमाण्डु – सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका न्यायाधीश विनोदकुमार गौतमको मुद्दा बदर गर्ने आदेश दिएको छ ।अख्तियारले विशेष अदालतमा दायर गरेको गौतमविरूद्धको भ्रष्टाचार मुद्दा बिहीबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बदर गरेको हो । न्यायाधीश गौतमविरूद्ध अख्तियारले २०७६ माघ २२ गते बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याउने कार्यमा…