प्रदेश नं १ मा ६२५ निको, २३१ जना थप

विराटनगर - प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा छ सय २५ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरु विभिन्न अस्पताल र होम आइसोलेशनबाट निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म निको हुनेको सङ्ख्या १७ हजार ७७८ पुगेको छ । प्रदेशमा उक्त अवधिमा २३१ जना कोरोना सङ्क्रमित थपिएका…