काठमाण्डु – हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन् । आइतबार उर्जामन्त्रालयले शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले कार्यकारी निर्देशककै अधिकार र सेवा सुविधा पाएका छन् । मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर…