कोरोना परीक्षणको शुल्क लिन पाउनुपर्ने माग राख्दै सर्वोच्च पुग्यो स्वास्थ्य मन्त्रालय

काठमाण्डु – सरकारले सर्वोच्च अदालतले कोरोना भाइरसको निशुल्क परीक्षण गर्न दिएको आदेश पुनरावलोकनका लागि निवेदन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधीवक्ताको कार्यालयमार्फत पुनरावलोकनका लागि निवेदन दिएका हुन् । अधिवक्ता केशरबहादुर केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमा सरकारले कोरोना भाइरसको परीक्षण निःशुल्क गर्नुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए…