गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण

काठमाण्डु - नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन्। निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग जीर्ण छ। उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ। जहाँबाट दैनिक मोटरसाइकल, साइकल लगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन्।…