कठमाण्डु - भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरेको विषयलाई लिएर नागरिक अगुवाहरुले आपत्तिजनक भएको बताएका छन् । प्रधानमन्त्रीले बुधबार राति रअका प्रमुख गोयलसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य…