काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १११६ , ललितपुरमा १६३ र भक्तपुरमा १३० जना रहेका छन् । बिहीबार काठमाण्डु उपत्यकामा २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो…